Posted By कैफियत Posted On

वीर्य दानबाट जन्मिएकी युवतिले भेटाइन आफ्ना ६३ भाइ बहिनी

अमेरिका निवासी कियानी एरोयो एउटा खास मिसनमा छिन । वीर्य दान बाट जन्मिएकी उनले आफू माथि घटेको एउटा घटना पछि आफ्ना दाजु भाइ दिदी बहिनीहरू खोज्ने निर्णय गरिन ।

उनी समलिङी जोडी की सन्तान हुन । द मिरर सँग कुरा गर्दै २३ वर्षकी कियानी भन्छिन् जब म चार वर्षकी थिए मैले आफ्नो वार परीका अरू बच्चाहरूलाई नियाल्न थाले , उनीहरू सबैका अभिभावकका रूपमा आमा बुवाहरू घरमा हुन्थे ।

तर , म सँग दुई जना आमाहरू थिए । मलाई आफ्नो बाबुको बारेमा केही कुरा मात्र थाहा थियो , उनलाई खेलकुद र पेन्टिङ अति मन पर्थ्यो म पनि पेन्टिङ गरिरहन्थे र सर्फिङ खेल्न गइरहन्थे । मेरा आमाहरूलाई यी कुरामा खासै रुचि थिएन ।

मैले मेरो बाबु बाट अरू के के कुरा पाएकी छु भन्ने कुरा दिमागमा बारम्बार आउन थाल्यो । कयौँ वर्ष मैले फादर्स डे मा आफ्ना बाबुको लागी कार्ड बनाइ राखे , स्पर्म डोनेसन बाट जन्मिएका सन्तानले आफ्ना बाबु भेट्न पाउदैनन ।

कियानीले एउटा कम्पनीको लागी स्पर्म डोनरको विज्ञापनमा काम गर्ने मौका पाइन , उनलाई देखे पछि उनका बाबुले पनि मन बादले र आफ्नो प्रोफाइल सार्वजनिक गरे । १८ वर्ष पुगे पछि उनी आफ्नो बाबु सँग भेट गर्न सक्ने भइन ।

१८ वर्ष नपुग्दै उनी आफ्ना भाइ बहिनी खोज्न सक्ने भइन । उनले स्पर्म बैङ्क सँग रेकर्ड लिएर आफ्ना भाइ बहिनीको खोजी गर्न थालिन । उनी भन्छिन् १५ वर्षको हुँदा मैले मेरा दुई जुम्ल्याहा बहिनीहरू भेटाए उनकी आमाले नै मलाई खोजेकी थिइन ,उनीहरू म भन्दा साना थिए ।

उनीहरू सँग केही समय बिताइ सकेपछि मलाई अत्यन्तै रमाइलो अनुभूति भयो र मैले बाँकी भाइ बहिनीहरूलाई खोज्ने बिचार गरे । अहिले मैले ६३ जना दाजुभाइ दिदीबहिनी लाई भेटाइ सकेकी छु ।

उनीहरू क्यानडा , अमेरिका , अस्ट्रेलिया र न्युजिल्यान्ड सम्म फैलिएका छन् । मेरो सहर फ्लोरिडामा मात्रा हामी १२ भाइ बहिनी छौ । कोरोना प्रभाव सकिए पछि फेरी एक पटक भाइ बहिनीको खोजीमा निस्कने बिचार छ ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *